८ कार्तिक २०८३, आइतबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० पुस । धादिङ, बाँके, सिरहा, ललितपुर र झापाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

धादिङ, गल्छी गाउँपालिका–७ बैरेनी बजारमा बा.१३ च ८१०९ नम्बरको स्कार्पियो र बा.३९ प ५७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मकवानपुर कैलाश गाउँपालिका–२ बस्ने २५ वर्षीय सुरेश घलानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अम्भे भरोषा अस्पताल गल्छीमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्कार्पियो र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल अनियन्त्रित भई ना.७ ख २९ नम्बरको ट्रकले समेत मोटरसाइकललाई ठक्कर दिएको थियो । स्कार्पियो र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, राप्तीसोनारी गाउँपालिका–२ फाएरलाईनस्थित सडकमा बागमती प्रदेश ०२–०१५ प ५१४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक प्युठान फोली–२ बस्ने ३० वर्षीय मदन भण्डारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिरहा, बिष्णुपुर गाउँपालिका–१ खोरिया टोलस्थित भित्री सडकमा हाल नम्बर नखुलेको ट्याक्टर आफै अनियन्त्रित भई सोही ठाउँस्थित पोखरीमा शनिबार बिहान खसेर दुर्घटना हुँदा ट्याक्टर चालक कर्जन्हा नगरपालिका–१० प्रयागपुर बस्ने २० वर्षीय मनोज कुमार महत्तोको घटनास्थलमै मृत्यु भएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका–३ धोबीघाटस्थित सडकमा प्रदेश नम्बर ७–०१–००१ ख २९०१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–४ बागडोल घर भएका ७० वर्षीय बद्री श्रेष्ठको शनिबार बिहान मृत्यु भएको छ ।

शुक्रबार राति उक्त ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मेघा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, कचनकबल गाउँपालिका–२ अंगुरभिट्टामा डब्लुबी ७४पी ९७१७ नम्बरको मोटरसाइकल र मे.४ प ९५०० नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मे.४ प ९५०० नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका–४ बस्ने ४० वर्षीय शेषलाल राजवंशीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।