८ कार्तिक २०८३, आइतबार

अध्यक्ष ओली तीन दिन गृहजिल्लामा, यस्ता छन् कार्यक्रम

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० पुस । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तीन गृह जिल्ला झापामा रहने भएका छन् ।

शनिबार विराटनगर एयरपोर्ट हुँदै अध्यक्ष ओली मदन भण्डारी स्मृति प्रतिष्ठानको २० औँ साधारणसभा उद्घाटन गर्न मोरङको उर्लाबारी पुगेका छन् ।

त्यसपछि, अध्यक्ष ओली जिल्ला पार्टी कार्यालयले झापाले आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी हुन विर्तामोड जानेछन् ।

झापा जिल्ला कमिटीले अध्यक्ष ओलीदेखि हालै निर्वाचित पार्टीका वडा अध्यक्षसम्मलाई सम्मान गर्ने कार्यक्रम राखेको छ ।

त्यस्तै, विर्तामोड मै अनेरास्ववियूको सचिवालय बैठकलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, शनिबार साँझ ओली आफ्नो निर्वाचन क्षेत्र दमक बस्नेछन् ।

११ गते बिहान साढे ९ बजे दमक बजार प्रवेश गर्ने प्रवेशद्वार उद्घाटन, साढे १० बजे दमक अस्पताल भवनको निरीक्षण, साढे ११ बजे दमक ३ मा निर्माणाधिन भ्यू टावरको निरीक्षण र सुरक्षित आवास अन्तरगतका घर हस्तान्तरण गर्नेछन् । यस्तै, साढे १२ बजे दमक ४ मा अपांगहरुलाई ह्विल चेयर वितरण गर्नुहुने कार्यक्रम छ ।

साढे २ बजे शान्ती मार्गबाट निर्माणधिन दमक सभाहल जाने सडकको शिलान्यास र क्याम्पसु मोड आम्दा सडकको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि निर्माणाधिक क्याम्पस भवनको निरीक्षणको कार्यक्रम रहेको छ ।

अपरान्ह ४ बजे दमकमा जारी स्वास्थ्य शिविरको समापन र दमकका सबै वडा कार्यलयहरुको उद्घाटन गर्ने कार्यक्रम छ । ११ गते पनि अध्यक्ष ओली दमकमै बस्नेछन् ।

१२ गते बिहान ९ बजे विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गर्ने कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनेछन् । त्यसैगरी, साढे ११ बजे गौरादह पोखरी र कृषि क्याम्पसको निरीक्षण कार्यक्रम रहेको छ ।

दिउँसो साढे १२ बजे देहाती गाउँ जुरोपानीमा पार्टी प्रवेश कार्यक्रम र डोरामारी माविको भवन निर्माणाधिन भवन निरीक्षणको कार्यक्रम रहेको थापाले बताए ।

दिउँसो २ बजे स्कूलचौन बजारमा पार्टीका विभिन्न कमिटीहरुले अध्यक्ष ओलीलाई बधाइ तथा सम्मान ज्ञापन गर्ने कार्यक्रम छ । त्यसपछि निर्माणाधिन रणनीतिक र प्रादेशिक सडकको निरीक्षण गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिए ।