
विराटनगर, १० पुस । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीका विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने बताएका छन् ।
विराटनगर पुगेका अध्यक्ष ओलीले विमानस्थलमा संचारकर्मीसँग संक्षिम्त कुरा गर्दै यस्तो बताएका हुन् । ‘एमसिसीका विषयमा व्यक्तिगत रुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ,’ ओलीले भने ।
त्यस्तै, अध्यक्ष ओलीले निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन् । जनताले नै अबको छिनोफानो गर्ने ओलीको भनाइ छ । ‘आगामी निर्वाचनमा सबै कुरा स्पष्ट हुन्छ, जनताले सबै कुराको छिनोफानो गर्नेछन,’ ओलीले भने ।















प्रतिक्रिया