८ कार्तिक २०८३, आइतबार

अपर तामाकोशीको प्रसारण लाइन र सवस्टेशन निर्माणको स्थानीयद्वारा विरोध

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । अपर तामाकोशी पीडित संघर्ष समिति र राष्ट्रिय सीमान्तिकरण विरुद्धको अभियान (समान) नेपालले काठमाडौंको शंखरापुर नगरपालिकामा अपर तामाकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइन र सवस्टेशन निर्माण गर्न नदिने भएको छ ।

सरकारले निर्माण गर्न लागेको उक्त आयोजनाको प्रसारण लाइन तथा सवस्टेशन निर्माणको काम तत्काल स्थानान्तरण गर्न उनीहरूले माग गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समानले सो माग गरेको हो ।

उनीहरूले २९ हजार तामाङ बस्तीलाई सङ्कटमा पारेर विकासको नाममा सरकारले विनाशकारी परियोजना शुरू गरेको आरोप समेत लगाएका छन् । ‘एमसीसी र एसियाली विकास बैंकको लगानीमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको अपर तामाकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन तथा सवस्टेशन निर्माण कार्यमा जग्गा अधिकरणदेखि निर्माण कार्यसम्म डरधम्की र बलजफ्तीको भरमा अगाडि बढिरहेको छ,’ समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिएको उक्त परियोजनाबाट ६ सयभन्दा बढी घरधूरी प्रभावित हुनाका साथै २०० रोपनीभन्दा बढी जमीन अधिग्रहण गरेको पनि समितिले जनाएको छ ।