
काठमाडौं, १० पुस । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवम् सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाले आगामी २४ घण्टाभित्रको मौसम पूर्वानुमान गर्दै यस्तो अनुरोध गरेको हो । महाशाखाका अनुसार अगामी २४ घण्टाभित्र प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै तराईका भूभागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्ने छ । जसका कारण त्यस विशेषगरी तराई क्षेत्र तथा देशभर समेत चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवम् सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।
यसैगरी, महाशाखाले आज दिउँसो पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागको एक९दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यस्तै, देशका सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।















प्रतिक्रिया