
महिलाहरूमा हुने हर्मोनको गडबढी अर्थात् ‘पीसीओएस’ महिलालाई हुने एक समस्या पनि हो ।
जसलाई पोलिसाइटिक ओभरी सिन्ड्रोम पनि भनिन्छ । वास्तविक कारण थाहा नभए पनि यसका समस्यासँग विभिन्न तत्वहरू सम्बन्धित हुन्छन् । यी तत्वहरूअन्तर्गत इन्सुलिनको प्रतिरोध गर्ने, एन्ड्रोजेन नाम गरेको हर्मोनको मात्रा बढी हुने र महिनावारी अनियमित हुने गर्छ ।
जसमा महिलाहरूको डिम्वासयले सानो–सानो र धेरै मात्रामा पानीको फोका बनाउँछ । अल्ट्रासाउन्ड गराउँदा १२ वटाभन्दा बढी अण्डासयहरूमा धेरै अण्डाहरू देखिन्छ र, अण्डाको आकार ठूलो देखिन्छ । यो चाहिँ मुख्यतः १५ देखि ४५ वर्षको महिलामा यस्तो समस्या हुने गर्दछ ।

यस्ता हुन्छन् लक्षणहरू
महिला उर्वरता नहुनुको प्रमुख कारण पीसीओएस पनि एक हो । यो समस्या भएका ८० प्रतिशत महिला मोटोपनको शिकार भएका छन् । यससँगै धेरै मात्रामा र नचाहिने ठाँउमा रौंहरू पलाउने, जस्तै गालामा, हातगोडामा, छातीमा, गालामा धेरै मात्रामा डन्डिफोर आउने, बढी मात्रामा तौल बढ्नु, पेटमा बोसो जम्नु धेरै मात्रामा कपाल झर्नु, मुटुमा समस्या देखिनु, डाइबिटिज हुनु जस्ता यसका लक्षणहरू हुन् ।
यस्ता लक्षणहरू देखिएमा हर्मोन लेबल हेर्ने रगतमा FNS, LH, Serum Estrogen, Serum Progesterone, Serum Testosterone को परीक्षण गर्नुपर्छ । यसका साथै USG Abd/ Pelvis Ultrasound गर्ने Sugar Level जाँच गर्ने गर्नु पर्छ ।
समाधानका उपाय के–के हुन ?
दैनिकरूपमा शारीरिक व्यायाम गर्ने, सन्तुलित भोजन खाने, प्रोटिन बढी र कार्वाेहाइडेट भएको खाना कम खानुपर्छ । त्यस्तै, दैनिकरूपमा आफ्नो स्वास्थ्यको परीक्षण गराउने, सुगरको जाँच गर्ने र सुगर देखिएमा डाक्टरको सल्लाहबमोजिम सुगरको औषधिहरू सेवन गर्ने ।
(डा. कार्की एभरेष्ट अस्पतालकी स्त्रीरोग तथा निःशन्तान विशेषज्ञ हुन् ।)













प्रतिक्रिया