३० आश्विन २०८३, शुक्रबार

२०७९ फागुनभित्रै तीनै तहका निर्वाचन, कार्ययोजना बनाउँदै आयोग

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरेको छ ।

आयोगले २० वैशाखमा देशभरका ७५३ वटै स्थानीय तहमा नेतृत्व चयनका लागि निर्वाचन गर्न सरकारसँग मिति प्रस्ताव गरेको हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठमा समाप्त हुँदै छ ।

यसअघि भने आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेको भन्दै निर्वाचन गर्न २० चैतको मिति प्रस्ताव गरेको थियो ।

यसैगरी, ३३० प्रदेश निर्वाचन क्षेत्र र १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको निर्वाचन पनि २०७९ फागुनभित्रै गर्नेगरी आयोगले तयारी गरिरहेको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् ।

२०७९ मंसिरमा प्रदेश र प्रतिनिधि सभाको कार्यकाल पनि सकिँदै छ, आजको राजधानी दैनिकमा महेश्वर गौतमले समाचार लेखेका छन् ।