८ कार्तिक २०८३, आइतबार

नेपाल थप एक जनामा ओमिक्रोन पुष्टि

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ पुस । नेपाल थप एक जनामा ओमिक्रोन पुष्टि भएको छ ।

वुधबार प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले थप एक जना ५८ वर्षीय पुरुषमा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएकी छन् ।

प्रवक्ता श्रेष्ठका अनुसार संक्रमित व्यक्ति अहिले आइसोलेसनमा स्वस्थ्य रहेका छन् । त्यस्तै, उनीसँग सम्पर्कमा आएकाहरुको पनि परीक्षणको तयारी भइरहेको जनाइएको छ । यसअघि पनि २ जनामा ओमिक्रोन देखिएको थियो । हाल उनीहरु संक्रमणमुक्त भइसकेका छन् ।

वुधबार नेपालमा थप २२ जनामा डेल्टा भेरियन्टको पुष्टि भएको छ । प्रवक्ता श्रेष्ठका अनुसार ५५ लाखभन्दा बढी नमुना परीक्षण हुँदा ९ लाख २२ हजार ४ सय ३३ जना संक्रमित भएका छन् ।

हालसम्म ८ लाख ९ हजार ६५९ जना निको भएका छन् भने ११ हजार ५९९ जनाको मृत्यु मन्त्रालयले जनाएको छ ।