२९ आश्विन २०८३, बिहिबार

ग्रिसमा भएको सवारी दुर्घटनामा मृत्यु हुने चारैजना नेपाली भएको पुष्टि

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ पुस । ग्रिसमा मंसिरको पहिलो साता सवारी दुर्घटनामा चार जना नेपाली भएको पुष्टि भएको छ ।

गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको थियो । उनीहरु सबै नेपाली भएको र सनाखत भएको छ ।

दुर्घटनामा परेर भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटाको मृत्यु भएको छ ।

ग्रिस प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मा मृतकको फोटो राखेको थियो । मृतकहरुको फोटोमार्फत पहिचान गरेर शवको सनाखत भएको नेपाली राजदूतावास भियनाले जनाएको छ ।

शवलाई नेपाल ल्याउने तयारी भइरहेको जनाइएको छ ।