८ कार्तिक २०८३, आइतबार

आजको मौसम : तराइमा शीतलहर र हिमाली भू–भागमा हिमपातको सम्भावना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ७ पुस । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न स्थानमा मौसम बदली रहने भएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही तराइका थोरै भूभागमा हुसु÷कुहिरो लागेको छ ।

महाशाखाकाअनुसार चिसो बढ्दै गएपछि तराईलगायतका विभिन्न भेगमा शीतलहर बढ्न थालेको हो । आज दिउँसो देशको पहाडी भू–भागमा आँशिक बदली रही प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

राति देशको पहाडी भू–भागमा आँशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहने छ । तर, तराइका भू–भागमा बिहानको समयमा हुसु÷कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

दिउँसो देशका अधिकांश पहाडी भूभागम आंशिक बदली रही केही पहाडी भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।