८ कार्तिक २०८३, आइतबार

टिपरको ठक्करबाट माओवादी नेताको मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ५ पुस । टिपरको ठक्करबाट रौतहटमा एकजना नेताको मृत्यु भएको छ ।

जिल्लाको फतुवा विजयपुर–११ हिमालिबासमा टिपरले ठक्कर दिँदा फतुवा विजयपुर–११ हिमालिबासकै माओवादी नेता खेदु चौधरीको मृत्यु भएको हो । उनी मोटरसाइकलमा सवार थिए ।

आइतबार राति साढे ८ बजे बा ३०प ८११५ नम्बरको उनी सवार मोटरसाइकललाई तीव्र गतिमा रहेको गुगल निर्माण सेवाको ना ८ ख ४२०२ नम्बरको टिपरले ठक्कर दिएको थियो । चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।