
काठमाडौँ, ४ पुस । कैलालीमा एक २५ वर्षीय युववको विभत्स हत्या भएको छ ।
जानकी गाउँपालिका–९ का अर्जुन दासको टाउको काटेर छुट्याएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
उनको शव स्थानीय अमरावती सामुदायिक बनमा शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दास गाउँमै मजदुरी गर्थे भने उनका बुवा–आमा भारतमा बस्छन् । पत्नी र दुईवटा बच्चासँगै कैलालीमा बस्दै आएका थिए ।
प्रहरीले हत्यामा संलग्नको खोजी गरिरहेको बताएको छ ।












प्रतिक्रिया