२ कार्तिक २०८३, सोमबार

केपी ओलीको घरमा नयाँ वर्षमा यस्तो देखियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli-new-year

काठमाडौँ, २ वैशाख । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार निजी निवास बालकोटमा नयाँ वर्ष २०७२ को पहिलो दिन झापा आन्दोलन र आफूले राजनीति सुरु गर्दाका सहयात्री निम्त्याएर भव्य कार्यक्रम आयोजना गरे ।

वर्ष २०७१ को अन्तिम दिन सोमबार अपराह्न उनी संविधानका विवादित विषयमा छलफल गर्न सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले राखेको शीर्ष नेताहरुको बैठक छाडेर धरहरा चढ्न गए ।

आजको कान्तिपुरमा समाचार छ – नयाँ वर्षजस्तै गत फागुन १० मा निजी निवास बालकोटमा ओलीले ६४ औं जन्मदिन भव्य रुपमा मनाएका थिए । झापा आन्दोलनलाई स्मरण गरिएको नयाँ वर्षको कार्यक्रम राजनीतिसंग जोडिएको थियो । स्वकीय सचिव रमेश आचार्यका अनुसार त्यसक्रममा झापा आन्दोलन सुरु गर्दाका उदेश्यलाई स्मरण गरिएको थियो ।

‘उहाँले नयाँ संविधान निर्माण गर्दा झापा आन्दोलनमा प्रतिविम्बित भावनालाई समेट्ने प्रतिबद्धता जनाउनुभयो’, उनले भने । कार्यक्रम राजनीतिक सन्दर्भसंगमात्र जोडिएन । धादिङको खाल्टे गाविसबाट निम्त्याइएका बाहुनहरुको एक टोलीले नौमति बाजा र भक्तपुरको टोलीले धीमे बाजा बजाएर साङगीतिक माहौल सिर्जना गरेका थिए ।

आचार्यका अनुसार ओली आफैले दमाहा र टयाम्को बजाए, ती बाजाहरु ओलीले संग्रह गरेर घरमा राखेका छन् । बालकोटस्थित दुवै घरमा ओलीले राष्ट्रिय झण्डा झण्डोत्तलन गरे ।