
काठमाडौँ, ३ पुस । नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना भइरहेको छ ।
शनिबार विहान साढे १० बजेदेखि काँग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना सुरु भएको हो ।
काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । खुल्ला केन्द्रीय सदस्यमा १५८९ मत गन्दा शशांक कोइरालाले १३१३ मत प्राप्त गरेका छन् ।
१०२२ सहित एनपी साउदले दोस्रो मत प्राप्त गरेका छन् भने रमेश लेखकले ९६९ मत पाएका तेस्रो स्थानमा छन् ।
हेर्नुस् सूचीः













प्रतिक्रिया