
रौतहट, ३ पुस । गौर नगरपालिका–१ स्थित सडकबाट श्रोत नखुलेको ४ लाख ५० हजार नेपाली रुपैयाँसहित भारत घर भएका १९ वर्षीय विकाश कुमार पासवानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बैरगिनियाबाट गौरतर्फ आउँदै गरेको बिआर ३० एबी २६५७ नम्बरको मोटरसाइकललाई भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक पासवानलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया