८ कार्तिक २०८३, आइतबार

दुर्लभ जिउँदो सालकसहित पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३ पुस । काठमाडौँ महानगरपालिका–३२ मरुछासपाखा बस्ने दोलखा कालिञ्चोक गाउँपालिका–६ लिफ्‍टुङ ठेगाना भएका २६ वर्षीय उद्धव थामीलाई ३ केजी तौल भएको प्रतिबन्धित दुर्लभ जिउँदो सालकसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ मरुछासपाखा एरियामा केही व्यक्तिहरुले दुर्लभ सालक अवैध रुपमा बिक्री वितरण गर्नको लागि लुकाई राखेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मरुछासपाखास्थित थामीको डेराबाट करिब १ करोड १० लाख रुपैयाँमा बिक्री गर्ने उद्देश्यले लिई आएको उक्त सालक फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।