
काठमाडौँ, ३ पुस । गुल्मीमा भिरबाट लडेर श्रीमान श्रीमतीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार भीरबाट लडेर मुसिकोट नगरपालिका वडानम्बर–१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको मृत्यु भएको हो ।
उनीहरु वडानं.–१ बाङ्गेस्थित सिख्राको सामुदायिक वनको गोरेटो बाटोबाट लडेर घाइते भएका थिए । र उनीहरुको उद्धार गरी जिल्ला अस्पताल तम्घास लगिएको प्रहरीले जनाएको छ । त्यहाँ उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।
शवलाई गुल्मी अस्पताल लगिएको छ ।












प्रतिक्रिया