२ कार्तिक २०८३, सोमबार

आइपिएलमा लाखौंको रकम बाजी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shrukh-cricketवीरगन्ज । भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट सुरु भएपछि सीमावर्ती सहर वीरगन्जमा पनि लाखौं रुपैयाँ बाजी थाप्ने होडबाजी सुरु भएको छ।

आईपीएलको यस्तो अवैध बाजीमा वीरगन्जमा मात्र दैनिक एक करोड रुपैयाँसम्मको हारजित हुने अनुमान अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

गत बुधबार उद्घाटन खेलमै कोलकत्ता नाइट राइडर्सका पक्षमा दुई लाख रुपैयाँ बाजी थापेका आदर्शनगरका अमित अग्रवाल ९नाम परिवर्तन० ले तीन लाख ६० हजार रुपैयाँ जिते।

उक्त खेलमा कोलकत्ताले मुम्बई इन्डियन्सलाई हराएपछि अग्रवालले बाजी जितेका छन् ।