२९ आश्विन २०८३, बिहिबार

नर्भिक अस्पतालमा निःशुल्क ओपीडी सञ्चालन हुँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आज शनिबार दुई फरक विषयसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरूले निःशुल्क बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्दै छन् ।

अस्पतालको यूरोलोजी टीमले विशेष ओपीडी निःशुल्क सञ्चालन गर्न लागेको हो । आज शनिबार १० बजेदेखि १२ बजेसम्म सञ्चालन हुने निःशुल्क ओपीडीमा यूरोसर्जरी विशेषज्ञ डा. सञ्जिवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले निःशुल्क सेवा दिने भएका हुन् ।

उनीहरू नेतृत्वको यूरोलोजी टीम नै निःशुल्क ओपीडीमा उपलब्ध हुने अस्पतालले जनाएको छ ।

मिर्गौला, मूत्र प्रणाली, पिसाब थैली, प्रोस्टेट तथा पत्थरी सम्बन्धी समस्या भएकाहरूले यूरोलोजी टीमको निःशुल्क ओपीडीबाट लाभ लिनसक्ने छन् । निःशुल्क ओपीडीमा सहभागी हुने कुनै बिरामीको सर्जरीको आवश्यकता देखिएमा सहुलियत दर समेत उपलब्ध गराइने बताइएको छ ।

यस्तै, नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा नर्भिकको डाइजेस्टिभ डिजिज सेन्टरका प्रमुख डा. सन्दीपराज कुँवरले समेत शनिबार नै निःशुल्क ओपीडी सञ्चालन गर्नेछन् । पेट तथा आन्द्रा वा पाचन प्रणालीसँग सम्बन्धित समस्या भएका बिरामीले डा. कुँवरको निःशुल्क ओपीडीबाट लाभ लिनसक्ने छन् ।

डा. कुँवरले पनि बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क ओपीडी सेवा दिनेछन् ।

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएको छ । निःशुल्क ओपीडी सेवामा सर्वसाधारणको आकर्षण रहेको अस्पतालको भनाइ छ ।

निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।