२ कार्तिक २०८३, सोमबार

सेनामा मर्मत खर्चका नाममा डेढ करोड खर्च

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २ वैशाख । नेपाली सेनाका ग्राउन्डेड जहाज मर्मतमा ५ वर्षभित्र करिब डेढ अर्ब रुपैयाँ खर्च भएको छ । अर्कातिर सनोले करोडौं वक्यौता मिनाहा गर्दै आएको छ ।

स्पेयर्स पार्ट खरिद, बिमा नवीकरण तथा मर्मतसम्भारअन्तर्गत सरकारले आव ०६६/६७ देखि ०७०/७१ सम्म डेढ अर्ब रुपैयाँ उपलब्ध गराएको  छ ।

महालेखा परीक्षकको कार्यालयको तथ्यांक अनुसार ०६६/६७ मा १८ करोड ३७ लाख ५० हजार, ०६७र६८ मा १८ करोड ५३ लाख७८ हजार, ०६८/६९ मा २१ करोड ८५ लाख ५९ हजार, ०६९/७० मा ५४ करोड ७० लाख ३७ हजार र ०७०/७१ मा ३० करोड ७८ लाख ९६ हजार रुपैयाँ खर्च भएको कारोवार दैनिकले छापेको छ ।

विगत पाँच वर्षयता चालू अवस्थामा रहेका जहाजले पनि क्रमशः उडान घटाउँदै लगेका छन् ।

एकातिर सरकारसँग मर्मत खर्च माग्दै जाने प्रवृत्ति र अर्कातिर ठूलाबडाले सेवा लिए वापत तिर्नुपर्ने वक्यौता मिनाहा गर्ने चलनले हेलिकप्टर सञ्चालन खर्च थप बढेको हो ।

पछिल्ला तीन वर्ष अवधिमा मध्येएयरबेसतर्फ करिब ७करोड र भीभीआईपी उडानतर्फ एक करोडको वक्यौता सेनाले मिनाहा गरेको छ । विकास निर्माण तथा ब्यवसायिक उडानतर्फ ७ वाटा संस्थाले एयरबेसअन्तर्गत सेवा लिए वापतको करिब ४ करोड र भीभीआईपीतर्फ १० लाख रुपैयाँ पनि सेनाले मिनाहा गरेको छ ।