८ कार्तिक २०८३, आइतबार

कुटपीट गरी श्रीमतीको हत्या गर्ने श्रीमान डबल बहादुर पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-सांकेतिक तस्वीर

स्याङजा, २ पुस । कुटपीट गरी आफ्नै श्रीमतीको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कुटपीट गरी ४५ वर्षीया श्रीमती कोपीला थापाको हत्या गर्ने भिरकोट नगरपालिका–६ फोक्सिङ बस्ने ५० वर्षीय डबल बहादुर थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

थापाले कुटपीट गर्दा कोपीला गम्भीर घाइते भएको सूचनाका आधारमा प्रहरी चौकी दहथुम र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र वालिङ पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।