
काठमाडौँ, २९ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङको अग्रता देखिएको छ ।
पार्टी कार्यालय सानेपामा जारी मतगणनामा हालसम्म २८ सय मत गनिसकिएको छ । जसमा विजयकुमार गच्छदारले १२१३ मत, पूर्णबहादुर खड्काले १३२१ मत, चन्द्र भण्डारीले १११५ मत र धनराज गुरुङले १२६७ मत प्राप्त गरेका छन् । त्यस्तै, सुजाता कोइरालाले ३७८, महेश आचार्यले २६६, र दिव्यश्वरी शाहले ११२ मत प्राप्त गरेका छन् ।












प्रतिक्रिया