१९ कार्तिक २०८३, बिहिबार

झापामा भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु, ८ घाइते

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २९ मंसिर । झापामा भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

सूर्योदय नगरपालिका–७ सुखेपोखरीस्थित मेची राजमार्गमा भएको मारुती भ्यान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । दिउँसो साढे ३ बजे मे १ ज ३३०७ नम्बरको मारुती भ्यान अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएका माईजोमाई गाँउपालिका– ४ का ७६ वर्षीय रामप्रसाद तिमल्सिना र माईजोमाई–३ का ४० वर्षीय भरत घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो । चालकसहित आठ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।