
काठमाडौं, २९ मंसिर । टीडीओ नेपालले गत बिहीबार काठमाडौंमा एक समारोह आयोजना गरी ‘एसएमएस गरौं बाइक जितौं’ कन्टेस्टको विजेताहरुलाई पुरस्कार वितरण गरेको छ ।
टेलिनेट प्रालिका प्रमुख कार्यकारी अधिकृत नभंकुर सुदले बम्पर उपहार ‘बजाज पल्सर’ विजेता गंगा प्रसाद शाह तेलीलाई पुरस्कार हस्तान्तरण गरे ।
टीडीओ नेपालको सबै स्वास्थ सम्बन्धित सेवाहरु ग्राहकहरुले आकर्षक मूल्यमा रोजेको भाषामार्फत आफ्नो घरबाट सजिलै उपयोग गर्न सकिने छ् । निरन्तर विस्तार भइरहेको यो सेवा स्वास्थ्य अनुगमनको महत्वको बारेमा चेतना फैलाउँदै हाल नेपालभरी एनसेलको व्यापक कभरेजको मद्दतले धेरैभन्दा धेरै मानिसको पहुँचमा पुगेको कम्पनीले बताएको छ ।
उक्त कार्यक्रममा ‘एसएमएस गरौं बाइक जितौं’ कन्टेस्टका अन्य मासिक, साप्ताहिक र दैनिक विजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो ।















प्रतिक्रिया