१९ कार्तिक २०८३, बिहिबार

काँग्रेस महाधिवेशनः दोस्रो चरणको मतदान सकियो, केहीबेरदेखि मतगणना

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापतिका लागि जारी दोस्रो चरणको मतदान सकिएको छ ।

मंगलबार साढे ३ बजेदेखि सुरु भएको मतदान राती ९ बजे सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

४ हजार ७४३ जना मतदातामध्ये ४ हजार ५६४ जनाले मतदान गरेका समितिले जनाएको छ । सभापतिका ५ जना उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो ।

निर्वाचन समितिका अनुसार अब केहीबेरपछि मतगणना सुरु हुनेछ ।