१९ कार्तिक २०८३, बिहिबार

एमालेका उपमहासचिव ज्ञवालीलाई कोरोना संक्रमण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ मंसिर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

ज्ञवालीले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका छन् ।

उनले आफूलाई सामान्य लक्षण देखिएको जनाएका छन् । त्यस्तै, ज्ञवालीले आफूसँग विगत ४५ दिनदेखि सम्पर्कमा रहेकाहरुलाई सजग र सचेत रहन तथा केही लक्षण देखिएमा परीक्षण गराउन पनि आग्रह गरेका छन् ।

यस्तो छ उनको स्टाटसः

कोभिड संक्रमण देखिएको छ । लक्षण सामान्य छन् । विगत ४–५ दिनका बीचमा निकट सम्पर्कमा आउनु भएका सबैलाई सजग र सुरक्षित रहन एवं कुनै लक्षण देखिनासाथ परीक्षण गराउनु हुन अनुरोध छ । सम्पर्कका लागि टेलिफोन÷मोबाइलको साटो एसएमएस या इमेल प्रयोग गरिदिनु भए आभारी हुने थिएँ ।