
काठमाडौँ, २८ मंसिर । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडकोे सुकेधारा शाखाले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
धुम्रबराह माध्यामीक विद्यालयको प्रागंणमा संचालित शिविरमा मुख्यत कोभिड एन्टीजेन, रक्तचाप र सुगरको निस्शुल्क परिक्षण गरिएको छ । यस निःशुल्क स्वास्थ्यशिविरबाट करिव १०० जना लाभन्वित भएको बैंकले जनाएको छ ।
उक्त अवसरमा विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाईरस नियन्त्रणका लागिे केही प्रयास र समयमै रोगबारे जानकारी होस भन्ने हेतुले कार्याक्रम आयोजना गरीएको कुरा सुकेधारा शाखाका शाखा प्रबन्धक कुमार अधिकारीले जानकारी गराए ।
साथै का.म.न.पा. वडा नं. ४ का वडा अध्यक्ष मोहनबहादुर बिष्टले बैंकको कामको प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना गरे ।
आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले जनाएको छ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।















प्रतिक्रिया