
काठमाडौँ, २८ मंसिर । पछिल्लो समय लगातार घटिरहेको शेयर बजामा मंगलबार उछाल आएको छ ।
कारोबार सुरु भएको तेस्रो घण्टामा शेयर बजार ६ प्रतिशतले बढेपछि मंगलबार निर्धारित समयभन्दा अघि नै कारोबार बन्द भएको छ ।
आजै १ बजेतिर एक सय अंकभन्दा बढी भएपछि ४० मिनेटका लागि बन्द भएको थियो ।
त्यसपछि खुलेको बजार पुनः बढ्यो र त्यसले ६ प्रतिशतको बिन्दु छोयो । जसका कारण मंगलबार निर्धारित ३ बज्नुभन्दा सवा १ घण्टा अगाडि नै कारोबार बन्द भएको हो ।
आइतबार र सोमबार गरेर १६८ अंकले पहिरो गएको नेप्से मंगलबार १३७.१८ अंकले बढेको छ ।
आज नेप्से २४१८.८४ बिन्दुमा पुगेको छ । यो वृद्धि ६.०१ प्रतिशत हो । आजको दिन सबै परिसूचकमा हरियाली छायो । कारोबार बन्द हुनु अगाडि १ अर्ब ८४ करोड २६ लाख ४७ हजार १ सय ४४ रुपैयाँको कारोबार भएको थियो ।















प्रतिक्रिया