
काठमाडौं, २८ मंसिर । बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले सस्तो डिलको सुपर–डे योजनामा तीन हजार रुपैयाँसम्मको छूट पाउने भएका छन् ।
पछिल्लो समय ग्राहकहरूमा प्रविधिको प्रयोग गरी अनलाइनमार्फत आफूलाई आवश्यक विभिन्न समानहरु खरीद गर्ने बानी रहेकाले बैंकले आफ्नो कार्डवाहकलाई प्रविधिको प्रयोगमा उत्प्रेरित गर्नाका लागि उक्त छूटको विशेष योजना ल्याएको हो ।
सस्तोडिलले सुपर–डे योजना डिसेम्बर १५ तारिखदेखि १७ तारिखसम्म सञ्चालन गर्न लागेको छ । जस अन्तर्गत सस्तो डिलको सुपर–डे योजनामा बैंकको कार्डबाहकहरूले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम ३ हजार रुपैयाँसम्मको छूटको सुबिधा पाउने छन् ।















प्रतिक्रिया