बागलुङ, २७ मंसिर । बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले सहकारी उत्पादनसँग जोडिनु पर्ने बताएका छन् ।
आदर्श सञ्चार सहकारी संस्था लिमिडेट बागलुङको १६औँ स्थापना दिवस तथा १५औँ वार्षिक साधारणसभा एकाई प्रतिनिधिहरुको सभालाई सम्बोधन गर्दै उनले पछिल्लो समय सहकारीहरु सृजनशील कामभन्दा नाफा कमाउनतर्फ उद्दत भएको बताउँदै उत्पादनसँग जोड दिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

मेयर पौडेलले सहकारीले न्यून वर्गलाई समेत समेटेर उनीहरुको आर्थिक विकासमा लाग्नु पर्ने पनि बताएका छन् । नाफा कमाउने उद्देश्यले सञ्चालन गरिएका सहकारीहरुले समाजमा कुनै पनि भूमिका खेल्न नसकेको भन्दै उनले समाज रुपमान्तरमा सबै सहकारीहरु लाग्नु पर्नेमा जोड दिएका छन् ।















प्रतिक्रिया