
काठमाडौं, २८ मंसिर । लक्ष्मी बैंक पार्टनरशीप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पिक्याफ) मा सामेल भएको छ ।
दीगो वातावरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिने क्रममा बैंकले पछिल्लो कदमस्वरूप फिक्याफमा सहभागिता जनाएको हो । फिक्याफ हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्कन र जानकारीमा सहयोग पुग्ने गरी विश्वभरका वित्तीय संस्थाहरुबिचको सहकार्य हो ।
साइन्स बेस्ड टार्गेट इनिसिएटिभ ले पनि पिक्याफको विधिलाई वित्तीय उत्पादनहरुको हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्कन गर्ने विश्वयापी विधिको मान्यता दिएको छ ।
लक्ष्मी बैंकले पिक्याफमा सामेल भई नेट–शून्य भविष्यतर्फ अग्रसर हुँदै कोप–२६ मा नेपालको राष्ट्रय प्रतिबद्धतालाई समेत सहयोग पुर्याउने बताइएको छ । यो साझेदारीले जिम्मेवारीपूर्वक व्यवसाय सञ्चालनके माध्यमबाट वातावरणीय प्रभावलाई कम गर्ने बैंकको लामो समयदेखिको प्रतिबद्धतालाई पुनर्बिम्वित गरेको बैंकको दाबी छ ।















प्रतिक्रिया