३० आश्विन २०८३, शुक्रबार

‘नेताहरूको बोलीले’ सेयर झन् ओरालो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौं, २८ मंसिर । केही दिनयता घटिरहेको सेयर बजार नीति निर्माताको ‘मनपरी’ अभिव्यक्तिले झनै प्रभावित बनेको छ ।

आइतबार र सोमबार सेयर बजारमा भारी अंकले गिरावट आउनुमा माओवादी केन्द्रका नेताहरूबाट आइरहेका अभिव्यक्तिलाई औंल्याइएको छ । आइतबार करिब ९० अंक घटेको सेयर बजार सोमबार करिब ८० अंक घटेर २ हजार २ सय ८१.६७ बिन्दुमा ओर्लेको छ ।

यो करिब एक वर्षयताकै न्यून बिन्दु हो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले धितोपत्र बजारलाई अनुत्पादक र साम्राज्यवादको विकसित रूप भनेर गत शनिबार टिप्पणी गरेका थिए । सोमबार अर्थमन्त्री जनार्दन शर्माले बजार हल्लाको भरमा चलेको र त्यसमा एउटा जमात् नै लागेको बताएका थिए ।

पहिले पनि नेताहरूले गरेको टिप्पणीका कारण सेयर बजारमा उतारचढाव आउने गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार फोरमका संयोजक अम्बिका पौडेलले नीति निर्माण तहमा रहेका जिम्मेवार व्यक्तिले नै गैरजिम्मेवार रूपमा बोलिदिँदा बजार प्रभावित हुने गरेको बताए, आजको कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले समाचार लेखेका छन् ।