१९ कार्तिक २०८३, बिहिबार

इन्सद्वारा ओसनियामा क्षेत्रीय समिति विस्तार

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ मंसिर । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स)ले तीव्रतर रुपमा विश्वभर आफ्नो राष्ट्रिय समिति निर्माण गरिरहेको छ ।

त्यसै क्रममा आइतबार समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेको अध्यक्षता र सल्लाहकार संयोजक प्राडा टंकनाथ शर्माको विशेष उपस्थितिमा ओसेनीया क्षेत्रमा क्षेत्रीय समिति गठन गरेको छ ।

ओसनिया क्षेत्रका (हाललाई पपुवा न्युगिनी, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत) मा अन्तर्राष्ट्रिय नेपाली समाज गठनका लागि भर्जुअल रुपमा आयोजना गरिएको प्रारम्भिक भेलाले उल्लेखित क्षेत्रलाई समेटेर युवराज भण्डारीको संयोजकत्व एवम् वियन पल राईको सह संयोजकत्वमा सर्वसम्मत क्षेत्रीय समिति गठन गरेको छ ।

को-को छन् त क्षेत्रीय समितिमा ?

१. पपुवा न्युगिनीः दुर्गा भवानी भट्ट

२. अस्ट्रेलियाका लागि निम्न पदाधिकारीहरु चयन गरिएको छ ।

– नर्दन टेरिटोरी – भाष्कर गुरागाँई

– वेष्टर्न अष्ट्रेलिया – इन्द्र बरैली

– क्विन्स्ल्याड – सपना थापा

– भिक्टोरिया – नवीन गजुरेल

– सदर्न अष्ट्रेलिया – बसन्त खड्का (सल्लाहकार – डा राजेश थापा)

– न्यु सउथ वेल्स – वियन पल राई (सह संयोजक), सम्राट बिष्ट, प्रवेश पौडेल, उत्सव अर्याल, विकास तिमिल्सिना

(सल्लाहकार – डा राम कृष्ण निरौला)

– ताज्मानिया – खड्ग थापा

३. न्युजिल्यान्ड –युव राज भण्डारी (संयोजक)/अस्मिता घिमिरे

माथिको समितिलाई नामाकरण गर्ने, संयोजक छनौट गर्ने तथा ओसेनिया भित्रका देश तथा राज्यमा समाजलाई विस्तार गर्ने गरि विधानको अधिनमा रहेर सम्पूर्ण निर्णय लिने अधिकारी प्रत्यायोजन गरिएको केन्द्रीय अध्यक्ष घिमिरेले जनाएका छन् ।