
काठमाडौँ, २७ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ३४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ३४१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १० हजार ४१६ र एन्टिजेन विधिबाट २ हजार ८२० एन्टिजेन परीक्षण गरिएकोमा ३४१ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ९ लाख २० हजार ३४५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३७६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ७ हजार १५४ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८२४ जना रहेको छ ।
हालसम्म ९० लाख बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
२४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५५७ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया