
काठमाडौँ, २७ मंसिर । सर्वोच्च अदालतले शिक्षकहरुलाई दलीय राजनीतिमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएका शिक्षकहरूलाई कुनै पनि तहको अधिवेशन र कार्य समितिमा मतदाता हुन नपाउने अन्तरिम आदेश जारी गरेको हो ।
कांग्रेस महाधिवेशनमा शिक्षकहरु प्रतिनिधि चुनिएको र कानुनविपरीत भएको भन्दै रिट परेको थियो ।
सोही रिटउपर फैसला गर्दै सर्वोच्च यस्तो आदेश दिएको हो ।
गत मंसिर ७ गते निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै राजनीतिक दलहरूलाई सार्वजनिक पदमा बहाल रहेका शिक्षक, कर्मचारी, प्राध्यापकहरूलाई दलको सदस्य नबनाउन निर्देशन दिएको थियो ।












प्रतिक्रिया