७ कार्तिक २०८३, शनिबार

सानिमा बैंक अब काठमाडौँको बलम्बुमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ मंसिर । सानिमा बैंक लिमिटेडले आइतबार काठमाडौँको बलम्बुमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरे ।

समुद्घाटन् समारोहमा मह जोडीले काठमाडौँको बलम्बुमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका अध्यक्ष पौडेलद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बैंकको देशका सातै प्रदेशमा ११८ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।