
दाङ, २६ मंसिर । दाङमा भएको जीप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
आइतबार अपराह्न ४ बजे तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको जीप सिरखोलामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार दुई जनाको घटनास्थलमा र अर्का एकजनाको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका ४८ बर्षिय प्रेम प्रकाश शर्मा सोही ठाउँकी ४८ बर्षीय साउती घर्ती र २५ बर्षीय लालमति खड्का रहेका छन् ।












प्रतिक्रिया