
काठमाडौँ, २५ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका शेखर कोइरालाले आफ्नो टीम तयार पारेका छन् ।
शनिबार नेताहरुको छलफलले सभापतिमा कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा रहने गरी पदाधिकारी टुंगो लगाएको हो ।
त्यस्तै, सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यकबाट वकिल मियाँलाई उम्मेदवार बनाएको जनाइएको छ ।












प्रतिक्रिया