
काठमाडौं, १ वैशाख । राजधानीको सुन्धारास्थित सिटिसीमलमा जारी मोबाइल एक्स्पोको पाँचौदिन सम्म ५ करोड ३० लाख भन्दा बढीको कारोबार भएको छ ।
५ दिन सम्म ३ लाख ४५ हजार भन्दा बढी अबलोकनकर्ताले एक्स्पो अबधीमा अबलोकन गरेको मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिनुभयो । नयाँ बर्षको दिन एक्स्पो अबलोकन गर्न आउनेको सख्या ऐतिहासिक रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
नयाँ बर्षको दिन माइक्रोम्याक्स मोबाइलका प्रबद्र्धक नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर बसन्त रेग्मीले फ्यान सँग बलिङ गरेका थिए । यसैगरि रक ब्याण्डले नयाँ बर्षलाई मनोरंजनात्मक बनाउन आफ्ना प्रस्तुतीहरु दिएका थिए ।
उदेश एण्ड द ब्याण्डका गायक उदेश श्रेष्ठले यो जुनीमा, किन माया मा लगायत नयाँ तथा पुराना सदाबहार नेपाली गीतहरु गाएर दर्र्शकलाई नचाएका थिए । प्लेब्याक गायीका यनीश्रेष्ठले सेकेन्ड हेन्ड जबानी टाइटलको गोरे फिल्मको गीतहरु गाएकी थिइन ।
कलाकार, राजनीतिक नेता, व्यवसायी, उच्च पदस्थ कर्मचारीहरुले एक्स्पो अबलोकन गरेका थिए । बिभिन्न मोबाइल कम्पनीहरुले मनोरञ्जनात्क कार्यक्रम राखी नयाँ बर्षलाई स्वागत गरेका छन् । सिटिसी मोबाइल बजारका महासचिव केशबराज लुइँटेलका अनुसार नयाँ वर्ष तथा पाँचौ दिन मेला हजारौ अवलोकनकर्ता तथा ग्राहकको भीड लागेको छ ।
एक्स्पोमा सामसुङ, माईक्रोम्याक्स, कलर्श, हुवावे, जियोनी, कार्बन लगायतका कम्पनीहरुका मोबाइल बढी बिक्री भएको बजारका कोषाध्यक्ष मनोज मानन्धरले जानकारी दिनुभयो । माइक्रोम्याक्स मोबाइलले अझै केहि दिनसम्म बसन्त रेग्मीसँग बलिङ गर्ने अबसर प्रदान गरिने जनाएको छ ।























प्रतिक्रिया