३० आश्विन २०८३, शुक्रबार

कांग्रेस महाधिवेशन प्रतिनिधिमा पारिवारिक जालो

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । कांग्रेस महाधिवेशन प्रतिनिधिमा पारिवारिक जालो बलियो रहेको विषयमा आजको नयाँ पत्रिका दैनिकले जिल्ला ब्युरोहरूको सहयोगमा विशेष रिपोर्ट प्रस्तुत गरेको छ ।

जस अन्तर्गत पारिवारिक जालो भएका व्यक्ति तथा तिनका केही नाम पत्रिकाले माथिल्लो भागमै बुलेटमा प्रस्तुत गरेको छ । जस्तो,

– केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवका छोरा डा. सुभाषचन्द्र यादव सिराहा–३ बाट महाधिवेशन प्रतिनिधि छन् ।

– पूर्वकेन्द्रीय कोषाध्यक्ष चित्रलेखा यादवका भाइ विश्वमोहन यादव सिराहा–२ को सभापति (स्वतः महाधिवेशन प्रतिनिधि) चयन भएका छन् ।

– सिराहा जिल्ला सभापति रामचन्द्र यादव र पत्नी रुसोदेवी यादव महाधिवेशन प्रतिनिधि छन् ।

– पूर्वमन्त्री पद्मनारायण चौधरीकी पत्नी हिरादेवी चौधरी र छोरा सन्तोष चौधरी सिराहा–१ बाट महाधिवेशन प्रतिनिधि बनेका छन् ।

– संविधानसभाका सभासद् डा. गणेश मण्डल, पत्नी प्रीति मण्डल, मामा बलदेव मण्डल सिराहा–४ बाट महाधिवेशन प्रतिनिधि छन् ।

– नेता रामसुन्दर चौधरी र उनकी पत्नी पुनम चौधरी पनि महाधिवेशन प्रतिनिधि बनेका छन् ।

– नेता अरुण सिंह र उनकी पत्नी निर्जलादेवी सिंह पनि महाधिवेशन प्रतिनिधि छन् ।

१४औँ महाधिवेशनका लागि सिराहाबाट चयन भएका यी प्रतिनिधि भावी नेतृत्व चयनका मतदाता मात्र होइनन्, महाधिवेशन प्रतिनिधिमा कांग्रेसभित्रको पारिवारिक जालोका उदाहरण हुन् । कांग्रेसमा महाधिवेशन प्रतिनिधिको पारिवारिक जालो देशभर उस्तै बलियो छ । केन्द्रीय नेताका आफन्तको पार्टीको जिल्ला नेतृत्वमा पनि उस्तै प्रभुत्व छ, समाचारमा दाबी गरिएको छ ।  ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर दाइ लोकबहादुर देउवा कञ्चनपुर–२ बाट महाधिवेशन प्रतिनिधि छन्  । देउवाका भतिज प्रकाश देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकै निकटका अनुसार राजनीतिमा बिल्कुल बेमतलब रहने सर्तमा डा. आरजु राणाले देउवासित विवाह गरेकी थिइन् ।

कांग्रेस नेताहरूकै अनुसार राजनीति मात्र होइन, देउवाका हरेक निर्णयमा डा. आरजुको ‘मतलब’ हुने गर्छ । दुईवटै संविधानसभामा उनी समानुपातिकको बाटोबाट प्रवेश गरिन् । गत आमनिर्वाचनमा कैलालीमा पराजित भइन् । उनी तेस्रोचोटि महाधिवेशन प्रतिनिधि भएकी छिन् । छोरा जयवीरसिंहले पनि यसपालि क्रियाशील सदस्यता लिएका छन् ।