७ कार्तिक २०८३, शनिबार

बैंक अफ काठमाण्डूको कार्डवाहक ग्राहकलाई दराजको १२.१२ योजनामा छूट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुले दराजको १२.१२ योजनामा दुई हजारसम्म छुट पाउने भएका छन् ।

पछिल्लो समय ग्राहकहरुमा प्रबिधिको प्रयोग गरि अनलाईन मार्फत आफुलाई आवश्यक विभिन्न समानहरु खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहकहरुलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नाका साथै दुई हजारसम्मको विशेष छुटको योजना ल्याएको हो ।

जस अन्र्तगत दराजको १२.१२ योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १० प्रतिशत वा अधिकतम् दुई हजारसम्मको छुटको सुबिधा उपयोग गर्न सक्ने छन् ।

बैंकको कार्डबाहकहरुले यस योजनाबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम एक हजारसम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम दुई हजारसम्म छुट पाउने छन् ।

यो योजनामा बैंकको कार्डबाहकले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी दुई हजारसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्ने छन् ।