
काठमाडौं, २४ मंसिर । महालक्ष्मी विकास बैंक र लाइफ केयर हेल्थ सेन्टरबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापश्चात महालक्ष्मी बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान–पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले लाइफ केयर हेल्थ सेन्टरमा ओपीडी टिकट, ल्याब सेवा, भिडियो एक्स–रे, एक्स–रे सेवा, इको, इसीजी र औषधिमा आकर्षक छूट प्राप्त गर्ने भएका छन् ।
यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाहरुबाट जनचेतामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताएको छ ।















प्रतिक्रिया