७ कार्तिक २०८३, शनिबार

सेञ्चुरी बैंकद्वारा सीमान्तकृत वर्गका विद्यार्थीहरुलाई न्यानो कम्बल वितरण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ मंसिर । सेञ्चुरी कमर्सियल बैँक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिमान्तकृत वर्गका विद्यार्थीहरुको हितको लागिन्यानो कम्बल वितरण गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका वडा नं ४ छेडामा सिमान्तकृत बालबालिकाहरुलाई उच्च शिक्षा तथा सीपमुलक तालिम प्रदान गर्ने उद्देश्यसहितलक्ष्मि प्रतिष्ठानद्वारा संचालन गरिएको कुमार बलराम स्मृती छात्राबासमा रहेका ४९ जना सिमान्तकृत वर्गका विद्यार्थीहरुलाई जाडो मौसमको मध्यनजर गर्दै एक समारोहका बीच न्यानो कम्बल वितरण गरिएको हो ।

उक्तकार्यक्रममा लक्ष्मी प्रतिष्ठानका अध्यक्ष बिष्णुप्रसाद गौतम, प्रतिष्ठानका कार्यक्रम अधिकृत कृष्ण गौतम, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम खरेल, सेञ्चुरी कमर्सियल बैंक धुलिखेल शाखाका शाखा प्रबन्धक हरिकृष्ण दाहाल, दोलालघाट शाखाका शाखा प्रबन्धक ईश्वर रानाभाट लगायत स्थानीय प्रतिष्ठित व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगायत विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।