१९ कार्तिक २०८३, बिहिबार

थप २११ जनामा कोरोना पुष्टि, ३२९ निको, २ जनाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २३ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा २११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ८ हजार १८ र एन्टिजेन विधिबाट १ हजार ४३३ एन्टिजेन परीक्षण गरिएकोमा २११ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख १९ हजार २५५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३२९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ५ हजार ९०० जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १०५ जना रहेको छ ।

हालसम्म ८० लाख बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५४९ जना पुगेको मन्त्रालयले जनाएको छ ।