
काठमाडौँ, २३ मंसिर । लमजुङमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मर्स्याङ्दी गाउँपालिका–८ भुस्मे नजिकै कालिमाटीमा ग १ ज ६३१७ नम्बरको जिप बिहीबार विहान साढे १० बजे दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढ सय मिटर तल खसेको थियो । मृतकहरुमा शिक्षक र विद्यार्थीहरु रहेका छन् ।
घाइते ६ जनाको उपचार भइरहेको प्रहरीको भनाइ छ ।












प्रतिक्रिया