७ कार्तिक २०८३, शनिबार

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौंं वार्षिक साधारणसभा आइतबारका सम्पन्न भएको छ ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि आवश्यक स्वास्थ्यसम्बन्धी सावधानी अपनाई साधारणसभा सम्पन्न गरिएको कम्पनीले बताएको छ । भौतिक रुपमा उपस्थित हुन नसक्ने शेयरधनीका लागि जुममार्फत पनि सभामा भाग लिन सक्ने व्यवस्था मिलाइएको थियो ।

उक्त बार्षिक साधारण सभाबाट आर्थिक बर्ष २०७४/७५ को वित्तीय विवरणहरु पारित गरि सो आर्थिक बर्षको मूनाफाबाट हाल कायम चूक्ता पुंजी २ अर्ब रुपैयाको ७९ लाख रुपैयाँ १२ दशमलव ५ प्रतिशत (खूद) का दरले शेयरधनीहरुलाई बोनश शेयर बितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

उल्लेखित बोनश शेयर बितरण प्रक्रिया पूरा गरेपछि कम्पनीको चूक्ता पूँजी २ अर्व ७७ करोड ९६ लाख १५ हजार ५७६ रुपैयाँ हुने छ । साथै साधारण सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सात जना सञ्चालकहरुको समेत नियूक्ती तथा मनोनयन पनि गरेको छ ।

कम्पनीले देशभरमा १५० भन्दा बढी स्थानहरुबाट जीवन बीमा सेवा उपलब्ध गराई आएको र आगामी बर्ष थप स्थानहरुबाट समेत सेवा दिने जनाएको छ ।