७ कार्तिक २०८३, शनिबार

भेइकलको पर्फमेन्स र रिभ्यु गर्न अप्रिलियाको रिक्रियसनल राइड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । अप्रिलियाको रिक्रियसनल राइड सम्पन्न भएको छ ।

अप्रिलियाका लागि नेपालको आधिकारिक बिक्रेता दुगर ब्रदर एण्ड सन्स प्रालिले शनिबार राइड आयोजना गरेको हो । अप्रिलियाको सोरूम नक्सालबाट पर्यटकीय क्षेत्र नगरकोटसम्म राइड आयोजना भएको थियो । राइडमा १२० जना अप्रिलियामा राइडर सहभागी थिए ।

कम्पनीले सबै राइडमा सहभागीहरुलाई शनिबार नगरकोटमै बसेर आइतबार फर्किएका थिए ।

राइडमा युवाहरुको आकर्षण देखिएको कम्पनीका उपाध्यक्ष विजय महतोले जानकारी दिए । ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड आयोजना गरिएको उनले बताए । ‘ग्राहकबीच अन्तरक्रिया गराउने, भेइकलको पर्फमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयोजना गरेका थियौं,’ उनले भने, ‘लक्ष्य अनुसार राइड सफल भएको छ ।’

राइडमा सहभागी हुन पाउँदा खुसी लागेको राइडर अनिशा केसीले बताइन् । आफूलाई अप्रिलिया स्कुटर निकै मनपर्ने र फिचर्स राम्रो रहेको राइडमा सहभागी कलाकार रियासा दाहालले बताइन् । ‘अप्रिलियाको पफमेन्स राम्रो छ,’ उनले भनिन् ।

राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेल गतिविधि तथा प्रतियोगिताहरु आयोजना गरिएको कम्पनीका मार्केटिङ म्यानेजर करुणा पुडासैनीले जानकारी दिइन् ।

अप्रिलिया प्रिमियम प्रडक्ट हो । अप्रिलिया ब्राण्डलाई थप परिचित गराउन पनि राइड सफल भएको जनसम्पर्क प्रमुख बिमला थापाले बताइन् ।