७ कार्तिक २०८३, शनिबार

बुद्ध एयरले नव विवाहित जोडीलाई पोखरा हनिमुनका लागि निःशुल्क टिकट दिने

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । नेपालको आन्तरिक हवाई उडानको क्षेत्रमा बर्चश्व कायम गर्दै आएको बुद्ध एयरले नवविवाहित जोडीलाई पोखरा हनिमुनका लागि निःशुल्क दुईतर्फी टिकट दिने भएको छ ।

बुद्ध एयरले उसको विमानबाट यात्रा गर्ने नव विवाहित जोडीलाई पोखराको दुईतर्फी टिकट उपहार दिने भएको हो ।

यसका लागि बेहुला–बेहुलीले विवाह गरेको दिनको बुद्ध एयरको विमानमा यात्रा गरेको विवाहको पोसाकसहितको फोटो खिचेर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्ने कम्पनीले बताएको छ ।

त्यसपछि कम्पनीले उक्त जोडीलाई सम्पर्क गरेर टिकट उपलब्ध गराउने बुद्ध एयरले जानकारी दिएको छ ।