७ कार्तिक २०८३, शनिबार

ओपोले भर्चुअल इन्नो वर्ल्डमार्फत ‘ओपो इन्नो डे २०२१’ आयोजना गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । ओपोले चीनको शेङचनमा आफ्नो वार्षिक ओपो इन्नो डेको आयोजना गर्ने घोषणा गरेको छ ।

रणनीतिक अद्यावधिक शेयर गर्ने तथा प्राविधिक उपलब्धिहरु प्रदर्शित गर्ने ओपोको विशेष बार्षिक प्राविधिक समारोहका रुपमा ‘ओपो इन्नो डे २०२१’ डिसेम्बर १४ र १५ मा आयोजना गरिने भएको छ । ओपोले समारोहका साथै आफ्नो अनलाइन इन्नो वर्ल्डमार्फत विश्वभरबाट सहभागीताको अपेक्षा गरेको छ ।

यो भर्चुअल लञ्च इभेन्ट हालका वर्षहरुमै सर्वाधिक अन्तरक्रियात्मक समारोह हुने अपेक्षा कम्पनीको छ । सन् २०१९मा पहिलो पटक ओपो ईन्नो डेको शुरुवात संगै कार्यक्रमलाई कम्पनीको रोडम्यापका बारेमा पूर्व जानकारीका रुपमा लिन थालिएको छ । ओपो ईन्नो डेको उदेघाटन मार्फत ओपोले एआर ग्लासेज्, फाइभजी सीपीई र स्मार्टवाट्च लगायत आफ्ना अभूतपुर्व प्राविधिका एकिकृत ईकोसिष्टमक प्रदर्शित गरेको थियो ।

पछिल्लो बर्ष ओपोले क्रान्तिकारी रोलेबल फोन लगायत आफ्ना तीन वैचारिक उत्पादनहरु प्रदर्शित गरेको थियो । सन् २०२१का लागि ओपोले आफ्ना लञ्च ईभेन्ट तथा प्रदर्शनीहरु डिजिटलाईज्ड गर्दै परम्परागत कार्यक्रमहरुलाई मनोरञ्जनात्मक तथा भर्चुअल ईभेन्टको अन्तरक्रियात्मक विश्वमा परिमार्जित गरेको छ ।

ओपो ईन्नो वल्र्ड, ओपो ईन्नो डेका लागि तयार पारिएको भर्चुअल मञ्च हो । ओपो ईन्नो वर्ल्डका आगन्तुकले आफ्ना अनुकूलित अवतारका साथमा समारोहमा भर्चुअल्लि सहभागिता जनाउन सक्नेछन् । तिनले भर्चुअल प्रदर्शनीका समस्त कक्ष स्वतन्त्ररुपमा अवलोकन गर्न सक्ने ब्यवस्था कम्पनीले मिलाएको जानकारी दिइएको छ ।

अनुकूलित अवतारको प्रयोग गर्दै अवलोकनकर्ताले सामाजिककरण हुँदै एक अर्कालाई भर्चुअल संसारका विभिन्न स्थानमा छरेर राखिएका ईस्टर एगको खोजी पनि गर्न सक्नेछन् । ओपो ईन्नो वल्र्ड डिसेम्बर १४देखि पूर्णतः पहुँचयोग्य हुने ओपोले जानकारी दिएको छ ।

ईच्छुक आगन्तुकले अहिले नै ओपो ईन्नो वल्र्डका लागि आफ्ना अवतार सिर्जना गरी डिसेम्बर १४ र १५का दिन ओपोका अत्याधुनिक प्राविधिक सफलताहरु अवलोकन गर्न सक्नेछन् ।