७ कार्तिक २०८३, शनिबार

ढाका कपडा तथा अल्लोका वस्तुहरूको प्रदर्शनी तथा सम्मेलन स्थगित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । आगामी पुस पहिलो साता राजधानीमा आयोजना गर्न लागिएको ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको सम्मेलन स्थगित गरिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको आयोजनामा आगामी पुस २, ३ र ४ गते सम्म प्रदर्शनी आयोजना गर्ने तयारी थियो ।

सम्मेलन आयोजक समितिका संयोजक रमेश श्रेष्ठका दाजु तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्वउपाध्यक्ष सुवर्ण कुमार श्रेष्ठको असामयिक निधन भएका कारण प्रदर्शनी स्थगित गरिएको बताइएको छ ।

‘अर्को सूचना प्रकाशित नभएसम्मका लागि ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी तथा सम्मेलन हाललाई स्थगित गरिएको छ,’ महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लखे छ ।

प्रदर्शनी तथा सम्मेलनमा सहभागी हुन नाम दर्ता गराइसकेका उद्यमीहरुलाई केही सयमपछि हुने प्रदर्शनी तथा सम्मेलनमा सहभागी गराइने पनि महासंघले स्पष्ट पारेको छ ।